वीरगंज महानगरपालिकाले महानगर क्षेत्रको भू तथ्यांक संकलन गर्न ड्रोन मार्फत सर्वे गर्ने कार्य सुरू

(   रवि बर्णवाल)                                                        वीरगंज महानगरपालिकाले महानगर क्षेत्रको भू तथ्यांक संकलन गर्न ड्रोन मार्फत सर्वे गर्ने कार्य सुरू गरेको छ ।
यसबाट भू–तथ्यांक व्यवस्थापन, बैज्ञानिक ठेगाना प्रणाली र डिजिटल घर नम्बरिङ हुने हुँदा यसले तथ्यांकमा आधारित उपयोग निर्धारण नीति अवलम्बन गर्न सहयोग पुगी कर प्रणालीमा समेत सुधार ल्याउने हुँदा महानगरपालिकाको श्रीबृद्धिमा कोसे ढुंगा साबित हुने विश्वास लिएका छौँ ।
यो परियोजना युके इन्टरनेशनल डेभलपमेन्टको आर्थिक सहयोग र द एशिया फाउण्डेसनको डाटा फर डेभलपमेन्ट कार्यक्रम अन्तर्गत सुरु भएको हो । महानगरपालिकाको भू तथ्यांक संकलन गर्न नक्सा प्रा.लि. र जीओभेसन प्रा.लि.को प्राविधिक साझेदारीमा आजबाट ड्रोन उडाएर कार्यक्रम सुरु गरिएको छ🇳🇵

Add a Comment

Your email address will not be published. Required fields are marked *