वेश्यावृत्तिमा लगाएको आरोपमा गेस्टहाउस सञ्चालक पक्राउ

(नेपाल क्राईम)

बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा गेस्टहाउस सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँको टोखा नगरपालिका २६ नयाँ बसपार्कमा सञ्चालित निमा गेस्टहाउस सञ्चालक नुवाकोटको तादी गाउँपालिका ६ का २९ वर्षीय सुजन तामाङ रहेका छन् ।

सरसफाइको काममा लगाइदिने भन्दै बालिकालाई वेश्यावृत्तिमा लगाएको उजुरी परेपछि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले बिहीबार तामाङलाई पक्राउ गरेको हो ।

Add a Comment

Your email address will not be published. Required fields are marked *