अवैध भन्सार छलि गरी ल्याएको १ करोड रुपैयाँभन्दा बढीका सामग्री बरामद

(Nepal Crime )                                                              जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौंडा–१५ स्थित रातोमाटे चौकीबाट भन्सार छलेर ल्याइएको १ करोड ३५ लाख रुपैयाँको लत्ताकपडा सहित २ जनालाई पक्राउ गरिएको हो ।  विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयका मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालको कमान्डमा खटिएको प्रहरी टोलीले रातोमाटे चेकपोस्टबाट सुनसरीबाट हेटौँडा हुँदै काठमाडौँ जाँदै गरेको भारतीय ट्रकमा भन्सार छलेर ल्याइएको कपडा बरामद गरिएको हो ।

Add a Comment

Your email address will not be published. Required fields are marked *