रामगोपाल मिश्रको हत्यामा संलग्न रहेको आरोप लागेका मुख्य आरोपित मोहम्मद सरफराज र मोहम्मद तालिमलाई गोली हानेर पक्राउ

भारतको उत्तर प्रदेशको बहराइचमा भड्किएको साम्प्रदायिक हिंसाका क्रममा भएको रामगोपाल मिश्रको हत्यामा संलग्न रहेको आरोप लागेका मुख्य आरोपित मोहम्मद सरफराज र मोहम्मद तालिमलाई गोली हानेर पक्राउ गरिएको छ । बिहीबार नेपालको सीमा नजिक पर्ने हान्डा बसेहरी नहर नजिक गोली हानेर उनीहरूलाई पक्राउ गरिएको हो ।

मुठभेडका क्रममा तालिबको घुँडामा गोली लागेको थियो । सरफराजको अवस्था चिन्ताजनक रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनलाई बहराइचको स्वास्थ्य केन्द्रमा भर्ना गरिएको छ । सुरक्षाका लागि अस्पतालबाहिर ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *