स्रोत नखुलेको ८ लाख ५ हजार ५ सय रुपैयाँसहित एक जनालाई पक्राउ

(नेपाल क्राईम)

प्रहरीले महोत्तरीबाट स्रोत नखुलेको ८ लाख ५ हजार ५ सय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा साम्सी गाउँपालिका–७ का २८ वर्षीय रामस्नेही साह रहेको महोत्तरी प्रहरीले जानकारी दिएको छ ।बीआर ३० एएफ ३८७६ नम्बरको भारतीय मोटरसाइकलमा यात्रा गरिरहेका साहलाई शंकाका आधारमा चेकजाँच गर्दा स्रोत नखुलेको नगद बरामद गरी उनलाई पक्राउ गरीएको डिएसपी जयसवारले जानकारी दिए ।

Add a Comment

Your email address will not be published. Required fields are marked *