शुरू भयो चाडपर्वलक्षित सुपथ मूल्य पसल

(Nepal Crime)                                               चाडपर्वलक्षित सुपथ मूल्य पसलहरू बिहीवारदेखि सञ्चालनमा आएका छन् ।आपूर्तिमन्त्री दामोदर भण्डारीले बिहीवार थापाथलीस्थित सुपथ मूल्य पसलको उद्घाटन गरेका हुन् ।खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सञ्चालनमा सुपथ मूल्य पसलहरू २४ जिल्लाका ६३ वटा स्थानमा सञ्चालन गरिएको छ । जसमध्ये काठमाडौंबाट बिहीवार उद्घाटन गरिएको हो । असोज ७ गतेभित्र देशभर ६३ वटै सुपथ मूल्य पसल सञ्चालनमा ल्याइसक्ने ! सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् ।

Add a Comment

Your email address will not be published. Required fields are marked *