पर्सामा तालिम प्राप्त कुकुर सहितको चेकिङ

(रवि बर्णवाल)  पर्सा
जिल्ला प्रहरी कार्यालय पर्साका एसपी  कुमोध ढुंगेलले  हिन्दुहरुको महान पर्व दशै ,तिहार, छठ पर्व जस्ता महान पर्वलाई सुरक्षीत तथा शान्ति पुर्ण रुपमा भय रहित बनाउन तालिम प्राप्त कुकुर सहितको चेकिङ शुरुआत गरेको हुन्। एसपी ढुंगेल पर्साकाे कमाण्ड सम्हाले देखी नै तस्करी चोरी पैठारी ग्याङ फाइट जस्ता क्रियकलापहरु शान्त हुँदै गएको छ।

चाडपर्वको समयमा बढ्दो चोरी तस्करी, लागु औषध ओसार पसार नियन्त्रण,अपराधिक गतिविधिलाई निरुत्साहित पार्न कुकुर सहितको चेकिङ टोलिको शुरुआत गरिएको पर्सा प्रहरीका एसपी कुमोध ढुंगेलले जानकारी दिएका छन् ।

चाडपर्वलाई लक्षित गरी मंगलवार बिहान ९ बजेको समयमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.१४ स्थित गण्डकचोकमा त्यस्तै रात्री काे समय ८ बजे पश्चात चोक चोकमा प्रहरी चेकिङ्ग दुरुस्त रूपमा भइरहेकाे छ।

एसपी ढुंगेल काे आगमन पछि पर्सा जिल्ला बासीले पनि सुरक्षित महसुस गरेका छन्।

Add a Comment

Your email address will not be published. Required fields are marked *