2024-09-30
सिडिओको सरुवा
(नेपाल क्राईम ) गृह मन्त्रालयले आइतबार काभ्रेपलाञ्चोक र धादिङका प्रमुख जिल्ला अधिकारीलाई सरुवा गरेको हो ।काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईलाई गृह मन्त्रालयमा सरुवा गर्दै मन्त्रालयका सहसचिव उमेश ढकाललाई काभ्रेपलाञ्चोकको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।यस्तै, धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई पनि गृह मन्त्रालयमा सरुवा गरेर मन्त्रालयका सहसचिव सुमन घिमिरेलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।शुक्रबारदेखि धादिङ र काभ्रपलाञ्चोकमा गएको बाढी–पहिरोमा प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै चर्को आलोचना भएपछि उनीहरुलाई गृह मन्त्रालय फिर्ता बोलाइएको हो ।