एनसेलले विपद्को घडीमा निःशुल्क डेटा प्रदान

(नेपाल क्राईम)

दूरसञ्चार  सेवाप्रदायक एनसेलले विपद्को घडीमा निःशुल्क डेटा प्रदान गरेको छ । विपद्को घडीमा सञ्चार सेवा निश्चित गर्न निःशुल्क डेटा प्रदान गरिएको एनसेलले जानकारी गराएको छ ।

“भारी वर्षाका कारण सिर्जना भएको यस अप्ठेरो स्थितिलाई ध्यानमा राख्दै एनसेलले असोज १२, २०८१ शनिबार बिहानैदेखि लगातार वर्षाका कारण भएको बाढी र पहिरोबाट प्रभावित क्षेत्रका आफ्ना ग्राहकहरूलाई निःशुल्क डेटा उपलब्ध गराइसकेको छ,” एनसेलद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *