कोसी ब्यारेजका सबै ५६ वटा ढोका खोलिए

(नेपाल क्राईम)                                                           वर्षाका कारण सप्तकोसी नदीको जलसतह बढेको छ । जलसतहमा भएको वृद्धिलाई दृष्टिगत गरी अहिले कोसी ब्यारेजका  ५६ वटा ढोका खोलिएको छ ।

बिहान ७ बजे तीन लाख ८१ हजार आठ सय ४० क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको थियो भने ८ बजे चार लाख १८ हजार दुई सय ८५ क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको सुनसरी जिल्ला प्रहरी प्रवक्ता नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

Add a Comment

Your email address will not be published. Required fields are marked *