नेपाल प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना

(नेपाल क्राईम)

नेपाल प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । दसैँ, तिहार र छठ पर्वमा कम्तीमा २० प्रकारका सुरक्षा चुनौती हुनसक्ने आकलन गर्नै जिल्ला प्रहरी परिसर काठमाडौंले करिब १ दर्जन क्षेत्रमा थप सुरक्षा प्रदान गर्नेगरी चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको हो ।

काठमाडौंका एसएसपी बसन्त रजौरेले चाडपर्वमा एटिएम बुथ, गहना पसल, बस टिकट काउन्टर, खसी बजार, शक्ति पीठहरू, बसपार्क र बस पकेटलाई सुरक्षा गर्ने गरी सुरक्षा योजना लागू गरिएको जानकारी दिए ।

लुटपाट, चोरी तथा स्न्याचिङ, डकैती, तस्करी, जुवातास, अवैध मदिरा बिक्री वितरण, आगजनी तथा विस्फोट र महँगो भाडा असुली जस्ता अपराध न्यूनीकरण गर्न चाडपर्वमा ३ हजार ७६५ जना प्रहरी परिचालन हुनेछन् । सूचना सङ्कलन टोली सादा पोसाकमा ३८, सिल, सर्च र कार्डोन तथा २२ सँगै एमबुसिङ र निगरानी २२ टोली परिचालन गरिने छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *