लागूऔषध चरेससहित तीनजना पक्राउ

(नेपाल क्राईम)                                                         प्रहरीले दाङबाट लागूऔषध चरेससहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा प्यूठान स्वर्गद्धारी नगरपालिका–२ बस्ने वर्ष ३९ को निमबहादुर आले, नौबहिनी गाउँपालिका–२ बस्ने वर्ष २१ की देउकली बुढामगर र रोल्पा त्रिवेणी गाउँपालिका–७ बस्ने वर्ष २९ को प्रकाश घर्ती मगर छ्न् ।उनीहरूको साथबाट २४ किलो ७१० ग्राम चरेस बरामद भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता, प्रहरी नायव उपरीक्षक ईश्वर थापाले जानकारी दिए ।

Add a Comment

Your email address will not be published. Required fields are marked *