2025-01-01
अतिरिक्त महानिरीक्षक पदमा दुई जना बढुवा कुवेर कडायत र रवीन्द्र केसी
(नेपाल क्राईम) नेपाल प्रहरीको रिक्त अतिरिक्त महानिरीक्षक पदमा दुई जना बढुवा सिफारिस भएका छन् । प्रहरी नायव महानिरीक्षकद्वय कुवेर कडायत र रवीन्द्र केसीको बढुवा सिफारिस भएको हो । बुधबार बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार उनीहरुको सिफारिस सूची प्रकाशित गरिएको गृह मन्त्रालयले जनाएको छ ।