2025-01-01
लुम्बिनीका डीआईजीपी कार्कीद्वारा प्रमुखहरूलाई शान्ति सुरक्षा लगायत विविध विषयमा निर्देशन
(नेपाल क्राईम)
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख (डीआईजीपी) दानबहादुर कार्कीले मातहतका जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुखहरूलाई शान्ति सुरक्षा लगायत विविध विषयमा निर्देशन दिएका छन् ।
बुधबार प्रदेश प्रहरी कार्यालय, तुलसीपुर, दाङबाट डीआईजीपी कार्कीले मातहतका सम्पूर्ण जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुखहरूलाई भिडियो कन्फेरेन्समार्फत निर्देशन दिएको प्रेस नोटमा उल्लेख छ ।
डीआईजीपी कार्कीले समग्र प्रदेशको शान्ति सुरक्षा, अपराध अनुसन्धान, दुर्घटना न्यूनीकरण, भन्सार छली तथा तस्करी नियन्त्रण लगायतको विषयमा समयसापेक्ष निर्देशन सम्बोधन गरेको प्रेस नोटमा उल्लेख छ ।