बाजुरा भूकम्प अपडेट

(नेपाल क्राईम)                                                              आज बिहान गएको भूकम्पबाट भएको क्षतिको विरण संकलन गर्न सुरु गरिएको छ । जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर आज बिहान आएको ५ दशमलव २ रेक्टरको भूकम्पका कारण मानवीय क्षति नभएपनि सामान्यरूपमा स्थानीयहरूको घर चर्किएको निमित्त प्रमुख जिल्ला अधिकारी रूपक मण्डलले जानकारी दिए ।विकट हिमाली जिल्लामा रूपमा रहेको यहाँका स्थानीय पालिकामा आवतजावतमा समय लाग्ने भएकाले प्रहरीको प्रारम्भिक विवरणअनुसार मानवीय क्षति नभएको र भौतिक क्षतिको विवरण सङ्कलन जारी रहेको निमित्त प्रमुख जिल्ला अधिकारी मण्डलले बताए ।

Add a Comment

Your email address will not be published. Required fields are marked *