एआईजी भीमप्रसाद ढकाल अवकाशमा,

(नेपाल क्राईम)

नेपाल प्रहरीका एकजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)ले अवकाश पाउने भएका छन्। एआईजीको ५६ वर्षे उमेरहदका कारण एआईजी भीमप्रसाद ढकाल आज मंसिर २७ गतेबाट अवकाशप्राप्त बनेका हुन्।

यस्तै अर्का एआईजी किरण बज्राचार्यले पनि अवकाश पाउन लागेकी छन्। एआईजी बज्राचार्यले पुस १५ गते अवकाश पाउन लागेका हुन्। आजबाट अवकाशमा जाने ढकाल प्रहरीको मानवस्रोत विकास विभाग र बज्राचार्य उपत्यका प्रहरी कार्यालयको प्रमुख छन्।

Add a Comment

Your email address will not be published. Required fields are marked *