एआईजी केदार ढकाल अवकाशमा

(नेपाल क्राईम)

नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) केदार ढकाल अवकाशमा गएका छन्। प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा कार्यरत ढकालले मङ्सिर २१ बाट अवकाश पाएका हुन्।

उनी प्रहरी महानिरीक्षक वसन्त कुँवरसँगै २०५१ चैत ५ मा प्रहरीमा प्रवेश गरेका थिए। एआईजीको ५६ वर्षे उमेर हद पुरा गरेर ढकाल अवकाशमा गएका हुन्।प्रहरी नियमावली–२०७१ अनुसार डीआईजी तथा एआईजीहरू ५६ वर्ष उमेर पुरा भएपछि अवकाशमा जान्छन्। नेपाल प्रहरीका अर्का एआईजी भीमप्रसाद ढकाल पनि यसै महिना अवकाशमा जाँदै छन्।

Add a Comment

Your email address will not be published. Required fields are marked *