१३ ग्राम लागुऔषध खैरो हेरोईनसहित दुई जना पक्राउ

(नेपाल क्राईम)

कैलालीमा १३ ग्राम लागुऔषध खैरो हेरोईनसहित दुई जनालाई पक्राउ गरिएको छ। बुधबार टिकापुर नगरपालिका–९ खक्रौलामा ईलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी कालाकुण्डाको संयुक्त टोलीले १३ ग्राम १६० मिलीग्राम खैरो हेरोईनसहित दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा टिकापुर नगरपालिका–१ सत्तिनगर बस्ने २२ वर्षीय मुकेश कामर डगौरा र २३ वर्षीया सिर्जना कुमारी चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए।

Add a Comment

Your email address will not be published. Required fields are marked *