चर्चित टिकटकर गिभिनाका आमाको दुर्घटनामा निधनपछि भाइले गरे आत्महत्या

(नेपाल क्राईम)                                                                          चर्चित टिकटकर गिभिना मगरलाई शोकमाथि शोक परेको छ । उनकी आमा ५५ वर्षीया धनकुमारी बुढाको ट्रकले ठक्कर दिएर मृत्यु भएको हो । याम्दीमा ग २ ख १४६० नम्बरको ट्रकले ठक्कर दिँदा गम्भीर घाइते उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए । जेब्रा क्रस गर्ने क्रममा उनलाई ट्रकले ठक्कर दिएको हो ।आमाको निधनपछि विक्षिप्त बनेका २६ वर्षीया छोरा (गिभिनाका भाइ) रामकुमार बुढाले आत्महत्या गरेका हुन् । आमालाई अस्पताल लगेपछि रामकुमारलाई सम्पर्क गर्दा फोन नउठेको र खोजी गर्दा झुन्डिएको अवस्थामा फेला परेका पोखरा २५ का अध्यक्ष तथा पोखरा महानगरका प्रवक्ता मोतिलाल तिम्सिनाले जानकारी दिए ।

Add a Comment

Your email address will not be published. Required fields are marked *