रवि लामिछानेसहितलाई १५ दिन म्याद

(नेपाल क्राईम)                                                                        सङ्गठित रूपमा सहकारी ठगी र सम्पत्ति शुद्धीकरण गरेको अभियोगसम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित चार जनालाई चार कारणका आधारमा थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेले रवि लामिछाने, छविलाल जोशी, रामबहादुर खनाल र लीला पछाइलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई आइतबार अनुमति दिएको हो ।

Add a Comment

Your email address will not be published. Required fields are marked *