२० हजार घुससहित नायब सुब्बा पक्राउ

(नेपाल क्राईम)

जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट एक कर्मचारीलाई २० हजार रुपैयाँ घुससहित प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालयको मुद्दा शाखामा कार्यरत नायब सुब्बा अशोककुमार यादव रहेको प्रहरीले जानकारी दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलीले उनलाई आज सेवाग्राहीबाट लिएको २० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो ।

Add a Comment

Your email address will not be published. Required fields are marked *