दुर्गा प्रसाईँलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

(नेपाल क्राईम)

साइबर अपराधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई ५ दिन हिरासतमा राखेर अुनसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतले उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको सीआईबी प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ३२ अर्ब लगानी गरेको भन्दै भिडिओ कलमार्फत् कसैले देखाएको अपुष्ट ‘प्रमाण’ प्रसाईंले सार्वजनिक गरेका थिए ।उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । प्रधानमन्त्री ओलीमाथि जघन्य आरोप लगाएपछि सीआईबीले उनलाई पक्राउ गरेको हो

Add a Comment

Your email address will not be published. Required fields are marked *