2024-11-18
तुलसीपुरबाट ब्राउन सुगरसहित तीनजना पक्राउ
(नेपाल क्राईम)
दाङको तुलसीपुरबाट एक भारतीयसहित तीनजना लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत रुपैडियाका ३४ वर्षीय इरफान राई, तुलसीपुर– ६ का २८ वर्षीय मनोज सुनार र १९ वर्षीय रञ्जित बुढाथोकी रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले इरफानको साथबाट ३ ग्राम ८१२ मिलिग्राम ब्राउन सुगर बरामद गरिएको बताए ।