डिजिटल सवारी चालक अनुमति पत्रको नियमनको लागि ट्राफिक प्रहरीलाई स्मार्ट फोन

         (नेपाल क्राईम)

डिजिटल सवारी चालक अनुमति पत्रको नियमनको लागि ट्राफिक प्रहरीलाई ४ सय ८ थान स्मार्ट फोन हस्तान्तरण गरिएको छ।

बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयको आयोजनामा ललितपुरमा शुक्रबार आयोजित कार्यक्रममा मुख्यमन्त्री बहादुर सिंह लामाले प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरलाई उक्त स्मार्ट फोन हस्तान्तरण गरेका हुन्।

मुख्यमन्त्री लामाले हस्तान्तरण गरिएका स्मार्ट फोनबाट प्रभावकारी यातायात व्यवस्थापनमा सहयोग पुग्ने बताए । नागरिकको गुनासोलाई सम्बोधन गरी आगामी दिनमा नेपाल ट्राफिक प्रहरीको काम कारबाहीलाई थप प्रभावकारी बनाउँदै लैजान आवश्यक समन्वय गर्दै जाने उनले बताए।

Add a Comment

Your email address will not be published. Required fields are marked *