दाङमा प्रहरीले नक्कली नोटसहित ४ जनालाई पक्राउ गरेको छ

(नेपाल क्राईम)

दाङ : दाङमा प्रहरीले नक्कली नोटसहित ४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका १० राइखल्यान बस्ने ३० वर्षीय राममणि चौधरी, तुलसीपुर ८ बस्ने १७ वर्षीय सुमन बिक,  तुलसीपुर ९ दोघरे बस्ने १९ वर्षीय धन बहादुर खत्री र शान्तिनगर गाउँपालिका ४ घरभइ हाल तुलसीपुर ९ बेलुवा बस्ने १७ वर्षीय शिसिर बिक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

 

 

उनीहरूलाई एक हजारका १२ वटा नक्कली नोटसहित बिहीबार राति करिब ९ बजेतिर पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार तुलसीपुर ९ बेलुवा र तुलसीपुर ५ बसपार्क पीपलबोट स्थित अवैध रुपमा नक्कली नोटको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इप्रका तुलसीपुरबाट गएको प्रहरी टोलीले पक्राउ गरेको हो।

Add a Comment

Your email address will not be published. Required fields are marked *