शुरू भयो रविको बयान

(नेपाल क्राईम)                                                                    बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको रकम अपचलन प्रकरणमा बयानका लागि ल्याइएका रवि लामिछानेको बयान शुरू भएको छ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री लामिछानेलाई  जिल्ला सरकारी वकिल कार्यालय भैरहवाका प्रमुख, प्रेमराज पौडेलको कार्यकक्षमा बयान लिन थालिएको हो ।गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई मंगलबार पोखराबाट हवाईजहाजमार्फत भैरहवा ल्याएको हो।  बिहान पौने ८ बजे ल्याउने तयारी भए पनि खराब मौसमका कारण चार घण्टापछि रविलाई भैरहवा ल्याइएको हो ।

Add a Comment

Your email address will not be published. Required fields are marked *