नेपाल प्रहरीमा ८ वटा प्रहरी नायव महानिरीक्षक (डीआईजी)को दरबन्दी रिक्त

(नेपाल क्राईम)                                                              नेपाल प्रहरीमा ८ वटा प्रहरी नायव महानिरीक्षक (डीआईजी)को दरबन्दी रिक्त भएको छ । डीइआईजीहरु बुद्धिराज गुरुङ र केदार ढकाललाई गृह मन्त्रालयले एआईजीमा बढुवा सिफारिस गरेसँगै रिक्त सङ्ख्या ८ पुगेको हो । कार्तिक १४ मा बढुवा समितिले गुरुङ र ढकाललाई बढुवा सिफारिस गरेको थियो ।रिक्त दरबन्दीमा बढुवा हुन प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरसँगै प्रहरीमा प्रवेश गरेका वरिष्ठ उपरीक्षहरु प्रतिस्पर्धामा छन् । भोला बहादुर रावल, ध्रुवराज राउत र गणेश चन्द आईजीपी कुँवरसँगै २०५१ चैत ५ मा इन्स्पेक्टरबाट प्रहरीमा प्रवेश गरेका हुन् । तर, आफ्नो ब्याचमेच आईजीपी भएर चार महिनापछि अवकाश हुन लाग्दा ब्याचमेटहरु भने डीआईजी बढुवाको दौडमा छन् । शक्तिकेन्द्रले रुचाए मात्र बढुवा हुने संस्कारका कारण मेरिट लिस्टको टप थ्रिमा रहेका उनीहरूको बढुवा अझै अन्योल छ । यसपटक बढुवामा छुटेमा उनीहरू एसएसपीमै अवकाशमा जानेछन् । भोला बहादुर रावल र ध्रुव राज राउत २०७८ मङ्सिर १२ मा एसएसपी भएका हुन् ।मेरिट लिस्टको चौथो नम्बरमा सिद्धी विक्रम शाह, पाँचौँमा सुशील सिंह राठौर र छैटौँ नम्बरमा उमा प्रसाद चतुर्वेदी छन् । राष्ट्रिय अनुसन्धान विभागबाट आएका उनीहरू २०७९ साउन १ मा एसएसपीमा बढुवा भएका थिए । हिमालय कुमार श्रेष्ठ, डम्बर बहादुर बिक र ओमबहादुर राना बढुवाको सातौँ, आठौँ र नवौँ नम्बरमा छन् । उनीहरू २०५३ पुस ५ मा राष्ट्रिय अनुसन्धान विभागमा सेवा प्रवेश गरेर प्रहरीको जनपद समूहतर्फ स्थानान्तरण भएका थिए ।२०५४ चैत १८ मा प्रहरीमा प्रवेश गरेका एसएसपीहरू पनि डीआईजीमा बढुवा हुने प्रतिस्पर्धामा छन् । ईश्वर कार्की, राजेन्द्र प्रसाद भट्ट, दिनेश कुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया सो ब्याचका प्रतिस्पर्धी हुन् । उनीहरूसँगै सेवा प्रवेश गरेका दान बहादुर कार्की, डा. मनोज केसी र राज अधिकारी डीआईजीमा बढुवा भैसकेका छन् । कार्की सहितका ३ जना २०८१ चैत १४ मा डीआईजीमा बढुवा भएका थिए ।

Add a Comment

Your email address will not be published. Required fields are marked *