2024-11-09
दुर्घटना बढेको भन्दै सुर्खेतमा विरोध प्रर्दशन
(नेपाल क्राईम)
प्रहरीको लापरबाहीका कारण दुर्घटना बढेको भन्दै सुर्खेतमा विरोध प्रर्दशन गरेका छन । शुक्रबार दैलेख र सुर्खेतको सिमाना रातानाग्ला गाडी दुर्घटनाका मृतक तथा घाइतेका आफन्तले शनिबार प्रदेश राजधानी वीरेन्द्रनगरमा आन्दोलन गरेका हुन् ।
रातानाग्लामा दुर्घटना भएको १५ सिटको गाडीमा ३४ जना सवार रहेका थिए । आन्दोलनकारीले दैलेखका प्रहरी चेक पोष्टका कर्मचारीहरूलाई कारबाही गर्नुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरूको उपचार राज्यले गर्नुपर्ने लगायतका माग गरेका छन ।
यातायातसँग सम्बन्धित ऐन पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने, सिट क्षमताभन्दा बढी यात्रु राख्ने सवारी चालक र धनीलाई कारबाही गर्नुपर्ने उनीहरूको अर्को माग छ ।