सीआईबीले बैंक तथा वित्तीय संस्थाको कर्मचारीको आवरणमा फोन गरेर व्यक्तिगत विवरण माग्नेलाई आफ्नो विवरण नदिन आग्रह

(नेपाल क्राईम)                                                         प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंक तथा वित्तीय संस्थाको कर्मचारीको आवरणमा फोन गरेर व्यक्तिगत विवरण माग्नेलाई आफ्नो विवरण नदिन आग्रह गरेको छ ।    ह्याकर र ठगीमा संलग्नहरूले ‘खाता रिन्यु र अपडेट’ गर्ने नाममा रकम ट्रान्सफर गर्ने हुनाले त्यस्तो विवरण दिँदा जोखिम हुने ब्यूरोका एसपी होविन्द्र बोगटीले बताए । उनले भने,‘खाता नम्बर, जन्ममिति र ओटिपी मागेर खातावालले थाहा नै नपाईकन रकम ट्रान्सफर गर्नेगरेको उजुरी आएका छन्, त्यसैले सबैलाई सचेत हुन आग्रह गर्दछौँ ।’    अपरिचितहरुले त्यसरी फोन गरेमा आफ्नो विवरण नदिएर बैंक तथा वित्तीय संस्था वा प्रहरीमा जानकारी गराउन ब्यूरोले आग्रह गरेको छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *