दुई पटक कारागारबाट भागेका एक कैदीलाई सुनसरी प्रहरीले गोली प्रहार गरी पक्राउ

(नेपाल क्राईम)

दुई पटक कारागारबाट भागेका एक कैदीलाई सुनसरी प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ ।

२०६५ सालमा एक व्यक्तिको हत्यामा दोषी देखिएका सुनसरीको इनरुवा नगरपालिका-१० वलाहाका चन्द्रशेखर भनिने विनायककुमार यादवलाई बिहीबार सुनसरी प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको हो ।

विनायककुमार र श्याम भन्ने श्यामकुमार यादवले २०६५ साल वैशाख १६ गते सुनसरीको साविक प्रकाशपुर-६ का ३९ वर्षीय केशव कार्कीको गोली हानी हत्या गरेका थिए । सो घटनापछि प्रहरीले विनायकलाई एक थान पेस्तोल र ११ राउण्ड गोलीसहित पक्राउ गरेको थियो । यादवलाई जिल्ला अदालत सुनसरीले कर्तव्य ज्यान मुद्दामा २० वर्ष ८ महिना १४ दिन कैद फैसला सुनाएको थियो ।

अदालतको फैसलापछि थुनामा रहेका विनायक २०६९ साल कात्तिक २३ गते राति झुम्का कारागारबाट सुरुङ खनेर भागेका थिए

 

Add a Comment

Your email address will not be published. Required fields are marked *