नक्कली नोट बनाएको आरोपमा एक सुनचाँदी व्यवसायी पक्राउ

(नेपाल क्राईम)                                                                नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले नक्कली नोट बनाएको आरोपमा एक सुनचाँदी व्यवसायीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको सूर्यबिनायकस्थित इन्द्र ज्वेलर्सका सञ्चालक सोहिल शाक्य रहेका छन् । काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा नेपाल राष्ट्र बैंकबाट जारी गरेको नेपाली रु.१००० र  रु.५००दरका नोट जस्तो देखिने चाँदीको लेप लगाइएका नक्कली नोटहरू (खोटा मुद्रा)निर्माण गरी कारोबार समेत हुने गरेको विशेष सूचनाको आधारमा सीआईबीले अनुसन्धान अघि बढाएको थियो । सोही क्रममा मंगलबार ब्यूरोबाट खटिएको प्रहरी टोलीले सूर्यबिनायकको सिपाडोलस्थित शाक्यले संचालन गरेको सुनचाँदी पसलमा ठुलो परिमाणमा नक्कली नोट बरामद भएको सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । उनले नेपाल राष्ट्र बैंकले नै सो मुद्रा निकालेको हो भन्ने भान पार्ने वा विश्वास हुने गरी अनाधिकृतरुपमा चाँदीको जस्तो देखिने नक्कली नोटहरू बनाएको पाइएपछि नियन्त्रणमा लिइएको बोगटीको भनाइ छ

Add a Comment

Your email address will not be published. Required fields are marked *