नवलपरासीको सुस्तामा भारतीय सुरक्षाकर्मी हतियारसहित नेपाली भूमि प्रवेश
(नेपाल क्राईम)
नवलपरासीको सुस्तामा भारतीय सुरक्षाकर्मी हतियारसहित आएका छन् ।
दुई नेपाली पक्राउ गर्न उनीहरु हतियारसहित गाडीमा नेपाली भूमिमा प्रवेश गरेका हुन् । सुस्ताका दुखी यादव र हिरामन तुरहालाई पक्राउ गर्न आएका थिए ।
सशस्त्र वन रक्षकको टोली नेपाल आएपछि स्थानीयले उनीहरुलाई घेरा हालेका थिए । उनीहरुलाई घेरेर स्थानीयले प्रहरी र सशस्त्र प्रहरीलाई खबर गरेका थिए ।
सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर उनीहरुलाई फिर्ता पठाइदिएको छ ।भारतीय सुरक्षाकर्मीले आफूहरु भारतीय सशस्त्र वनरक्षक भएको र गस्तीका क्रममा बाटो भुलेर नेपाली भूमिमा प्रवेश गरेको दाबी गरेका थिए ।
सुस्तास्थित प्रहरी चौकीका सहायक निरीक्षक राजराज चौधरीले भारतीय सुरक्षाकर्मी शुक्रबार नेपाल प्रवेश गरेको पुष्टि गरे । गाउँलेले खबर गरेपछि आफूहरुले केहीबेर नियन्त्रणमा लिएको तर, बाटो भुलेर आएको बताएपछि छाडिदिएको उनले बताए ।