अनलाइन ठगी गर्ने एक भारतीय पक्राउ

(नेपाल क्राईम)                                                          प्रहरीले अनलाइनमार्फत विभिन्न प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उडिसाका ३० वर्षीय राजीव महानन्द रहेको प्रहरीले जानकारी दिएको छ ।

उनलाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो । उनले विभिन्न सामाजिक सञ्जालहरुमार्फत सुनका गरगहना, आइफोनलगायतका सामानहरु पार्सल गरी पठाएको भन्दै प्रलोभन देखाएर विभिन्न व्यक्तिहरुका बैंक खातामा रकम हाल्न लगाएर ठगी गरेको प्रहरीले जानकारी दिएको छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *