2024-10-28
ब्राउन सुगरसहित दुईजना प्रहरी पक्राउ
(नेपाल क्राईम)
प्रहरी परिसर काठमाडौंले ब्राउन सुगरसहित दुईजना प्रहरी पक्राउ गरेको घटना गुपचुप राखेको छ ।
प्रहरी उच्च स्रोतका अनुसार जिप्रका दाङ दरबन्दी भई प्रहरी निरीक्षणालय काठमाडौं काजमा रहेका कलिम बेहना र कालिमाटी वृत्तमा कार्यरत रमेश खटिकलाई काठमाडौं प्रहरी परिसरको टोलीले यही कात्तिक १० गते करिब चार ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको थियो ।
उनीहरू दुवैजना नेपाल प्रहरीका सहायक हवल्दार हुन् । खटिकलाई ब्राउनसुगर बेच्दै गरेको अवस्थामा पक्राउ गरिएको थियो । उनले बयानको क्रममा कलिमले आफूलाई बेच्न लगाएको बताएपछि कलिम पनि पक्राउ परेका हुन् ।
उनीहरू दुवैजना प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्