2024-10-24
बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत घूससहित पक्राउ
(नेपाल क्राईम)
बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत घूससहित पक्राउ परेका छन् ।
सिम्रौनगढका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साहलाई सेवाग्राहीसँग ७८ हजार रुपैयाँ घूस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौँडाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।