डीआइजी खापुङलाई आइजीले किन सोधे स्पष्टीकरण

(नेपाल क्राईम)

कोशी प्रदेशका प्रहरी प्रमुख डीआइजी चन्द्रकुबेर खापुङ आफैँ पनि छानबिनमा तानिएका छन्।
प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले उनीसँग स्पष्टीकरण सोधेका छन्।

मोरङका तत्कालीन एसपी नवराज कार्कीले अनलाइन जुवा तथा क्रिप्टोकारोबार गर्ने समूहलाई धम्काएर पैसा असुलेको आरोप छ। त्यससम्बन्धी डिल एसपीका घुमुवाले गरेका थिए।

बदनाम रहेका ती घुमुवालाई हटाउन आइजीपीले डीआइजी खापुङलाई पहिले नै भनेका थिए। तर, मोरङमा खटाएको पाइएपछि आक्रोशित भएर आईजीपीले डीआईजी खापुङलाई कारबाही गर्न लागेका हुन्।(रास्स)

Add a Comment

Your email address will not be published. Required fields are marked *