दुई लाख बढीको चिनी बरामद, दुई तस्कर पक्राउ

(नेपाल क्राईम)                                                     धनगढीबाट दुई लाख बढीको चिनी बरामद गरिएको छ। भन्सार छलेर चिनी ल्याइरहेका दुई जनालाई पक्राउ गरिएको छ।

धनगढी उपमहानगरपालिका- १८ फुलवारीस्थित थापाघाट सीमा इलाकाको बाटो हुँदै भारतबाट अबैध रुपमा भन्सार छली नेपालतर्फ भित्र्याइरहेको दुई सय ५० किलो चिनी र सो चिनी बोक्न प्रयोग गरिका मोटरसाइकल तथा तीन वटा साइकल बरामद गरिएको छ।

सशस्त्र प्रहरी निरीक्षक धनबहादुर नाथको कमाण्डमा खटिएको टोलीले तस्करीमा संलग्न धनगढी उहानगरपालिका-१८ बस्ने सुरज बिष्ट र २९ वर्षीय हरिष बिकलाई पनि पक्राउ गरेको छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *